मोरङ कांग्रेसको सभापतिमा लिम्बु निर्वाचित
विराटनगर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित लिम्बुले १ हजार ९०६ मत पाएका थिए । लिम्बु कोइराला परिवार निकटका हुन् । लिम्बु यसअघि पनि सभापति थिए । उनी दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट सभापतिमा उम्मेदवार बनेका दिलिप गच्छदार पराजित भएका छन् । गच्छदारले १ हजार ४ सय २२ मत पाएका थिए ।
आइतबार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो ।
पहिलो निर्वाचनमा लिम्बुले २ हजार ५४४ मत पाएका थिए । गच्छदारले १ हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत पाएका थिए ।
Published : Wednesday, 2021 December 1, 8:14 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया