कांग्रेस सरकारको निर्णयले प्रहरीका तल्लो तहका अन्यायमा परेका प्रहरीलाई फाइदा
काठमाडौं । सरकारले नेपाल प्रहरीमा तल्लो तहमा तीन वटा पद थप्ने निर्णय गर्दै नियमावली संशोधन गरेको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारको निर्णयले प्रहरीको तल्लो तहका प्रहरी लाभान्वित हुनेछन् ।
नियमावली स्वीकृत भएसँगै प्रहरीमा वरिष्ठ नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुनेछ ।
सइबाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा लामो समय लाग्ने समस्या देखिएपछि बीचमा नयाँ पद थप्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ ।
संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।
नियमावली कार्यान्वयन भएसँगै एकैपटक सिनियर सइ र जवान एक तह बढुवा हुनेछन् ।
उनीहरूको ग्रेड पनि ज्येष्ठताअनुसार नै कायम राख्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।
नियमावली संशोधनसँगै अब कार्यालय सहयोगीको पनि पाँच श्रेणी हुने भएको छ ।
यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया