चलचित्रका निर्माता राणा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन
प्यूठान । नेपाली कांग्रेस प्यूठानको अधिवेशनबाट चलचित्रका निर्माता एवम् अभिनेता रोज राणा महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने राणा महासमिति सदस्य समेत चयन भएका छन् । प्यूठानमा जिल्ला सभापति बाहेकका पदमा सर्वसम्मत भएको छ ।
प्यूठानमा २६ वटा महाधिवेशन प्रतिनिधिलाई देउवा समूह र पौडेल समूहले आधा आधा बाँडेका छन् ।
जिल्ला सभापतिमा शिव रिजाल र विष्णुकुमार गिरीबीच प्रतिष्पर्धा हुनेछ । रिजाल सभापति देउवा निकटका हुन् । गिरी नेता गगन थापा निकटका मान्छिन् ।
Published : Tuesday, 2021 November 23, 7:43 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया