तास र कौडा खेल्न ठूला माछाहरू पक्राउ, २४ लाख बरामद
काठमाडौं । काठमाडौं र पोखरामा प्रहरीले छापामारेर जुवा र कौडा खेल्ने २२ जनालाई करीव २४ लाख नगदसहित पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्कासहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
टहरामा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ५ सय रुपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
उता, कास्की जिल्लाको पोखरा महानगरपालिका–१२ चापापानी बस्ने मुस्ताङ थासाङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय नवीन गौचनको घरमा तास खेलिरहेको अवस्थामा गौचन लगायत ६ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ७५ हजार ५ सय ३० रुपियाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया