ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढ्यो
काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ ।
शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्री मूल्यमा रुपियाँले वृद्धि गरी १३३ रुपियाँ कायम गरेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपियाँले नै बढेर ११६ रुपियाँ पुगेको छ ।
आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रतिसिलिण्डर ५० रुपियाँलेले वृद्धि गरी १ हजार ५०० रुपियाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया