चिठ्ठा पर्यो भनेर ठगी गर्ने समूह ललितपुरमा पक्राउ
काठमाडौं । भारतको नयाँ दिल्लीबाट नेपालीलाई भाइबर तथा म्यासेन्जरमा फोन र म्यासेज गरेर चिठ्ठा पर्यो भन्दै ठग्ने गिरोहका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक छन् ।
उनीहरूले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन बीमा र धरौटी रकम तिर्नुपर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।
पीडितले पठाएको रकम उनीहरूले आईएमइमार्फत बुझ्ने गरेको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले बताएको छ ।
उनीहरूले नेपालबाट रकम सङ्कलन गरेर भारतमा रहेका मुख्य एजेन्टलाई पठाउने गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत