परराष्ट्रमन्त्रीले चीनसँग कुटनीतिमार्फत नाका खोल्ने, नेता बस्नेतसहितका व्यापारीसँग भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग महाराजगञ्जस्थित आफ्नै निवासमा सोमबार भएको भेटवार्टामा मन्त्री डा.खड्काले दशैँ, तिहार, छठ जस्ता चाढपर्वका बेला तातोपानी नाका समयमा खोल्नुपर्ने बताए ।
‘सोमबार २ बजे चिनियाँ राजदूतसँग मेरो शिष्टाचार भेट छ । तातोपानी नाका खोल्नेबारे कुरा राख्छु’, मन्त्री डा.खड्काले भने, ‘सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति भएको जिल्ला हो । बाढीपहिरोले तहस नहस बनाएको छ । तातोपानी नाका सुचारु गर्न पाइयो भने सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुनेछ ।’
चिनियाँ पक्षले नेपाल आउने कन्टेनरहरू आफ्नो देशभित्र रोकेर राखेको छ । कोटा प्रणाली लागू गरेर चीनले १२/१५ वटा कन्टेनर मात्रै नेपाल छिर्न दिन्छ । नेपाली व्यापारीहरूका सामान कन्टेरमा लामो समयदेखि चीनतिर थुप्रिएर बसेका छन् ।
यस्तो अवस्थामा ती कन्टेर र सामानहरू सहज रुपमा नेपाल आउन दिने कुटनैतिक वातावरण बनाइदिन आग्रह गर्न कांग्रेस नेता बस्नेत आफै परराष्ट्रमन्त्री डा.खड्कालाई भेट्न व्यापारीहरूलाई लिएर गएका थिए ।
मन्त्री खड्काले भने, ‘कन्टेरहरू २० वटाभन्दा धेरै छाड्ने व्यवस्था मिलाउन चिनियाँ पक्षसँग आग्रह गर्नेछु । कन्टेनरको संख्या अत्याधिक रुपमा बढाइदिन आग्रह गर्नेछु ।’
‘चिनियाँ सरकारसम्म हाम्रो कुरा पुर्याउन आग्रह गर्नेछु । प्रधानमन्त्रीसँग पनि आग्रह गर्छु’, उनले भने, ‘कुटनैतिक च्यानलबाट यो समस्या समाधान गर्न लाग्नेछु । तातोपानी भन्सार सुचारु गर्नेबारेमा लाग्नेछु ।’
मन्त्री डा.खड्काले भने, ‘हामीले ४५ अर्बको चामल मात्रै आयात गर्ने गरेका छौँ । कृषि प्रधान भन्न पनि छाडेका छैनौं । कृषिमा गएको बजेट कहाँ जान्छ ? खोज्नुपर्छ । समयमा मल पनि आउँदैन ।’
कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेत तातोपानी नाका बन्द हुँदा अर्बौं राजश्वमा असर परेको बताएका छन् । तातोपानी नाका बन्द हुँदा व्यापारीका साथै धेरै जनताले रोजगारी गुमाएको उनले बताएका छन् ।
‘अर्बौं राजश्व उठ्ने नाका बन्द छ । फाट्फुट् सामान आएको छ । व्यापारीको सामान विभिन्न ठाउँमा रोकिएका छन्’, बस्नेतले भने, ‘अत्यन्तै थोरै संख्यामा चिनियाँ पक्षले गाडी छाड्ने गरेको छ । बजार आकासिएको छ । बजारमा असन्तुलन भएको छ ।’
उनले भने, ‘गाडीहरू चिनियाँ पक्षले अलिक धेरै छाडिदियो भने दशैँ, तिहार, छठ, ल्होसारलाई सहयोग मिल्नेछ । समयमा सामान र गाडी नआउँदा समस्या भएको छ । व्यापारीहरूले घाटा व्यहोर्नु परेको छ ।’
‘जाडोलाई ल्याइएको सामान गर्मीमा आइपुग्छ । समयभित्र काम गरिदिनुपर्छ । चिनियाँ पक्षसँग कुरा गर्ने, राजदूत, मन्त्री र परराष्ट्र मन्त्रालयसँग कुरा गरेर कन्टेर बढाइदिनु पर्छ’, नेता बस्नेतले भनेका छन् ।
‘मल समयमा आएको छैन । धान काट्ने बेला भएको छ । धान काट्नेवित्तिकै गहुँ लगाउँदा मल चाहिन्छ’, उनले भनेका छन् ।
‘चीनबाट ४० हजार टन मल ल्याउने कुरा छ । १२/१५ वटा बाहेक धेरै कन्टेर छाड्दैन । १५ सय टन मल बोडरमा अड्किएको छ’, बस्नेतले भने, ‘दक्षिणतिरबाट ८ महिनादेखि मल आएको छैन । चीनबाट आउने मल पनि समय आउन सकेको छैन ।’
उनले भने, ‘८ महिनादेखि मल नल्याउने ठेकेदारलाई कारबाही गर्नुपर्छ । कालोसूचीमा राख्नुपर्छ ।’
हिमालय व्यापार सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले चिनियाँ पक्षले सहज रुपमा तातोपानी र रसुवा नाका खोल्न नमानेको गुनासो गरे । ‘चिनियाँ पक्षले दिनमा १० वटा गाडी मात्रै छाड्छ । २० वटा गाडी पुर्याउने भनिएको छ’, व्यापारीहरूले भनेका छन्, ‘कन्टेनरको संख्या चीनमा बढाउनुपर्ने थिया । चीनले बढाएको छैन ।’
‘तातोपानीतिर हामीले बढाएका छौँ । गाडी जति आउन चाहन्छ छाड्नुपर्छ । दशैँको सामान समय आउन सकेको छैन । चीनतिर रहेको ६/७ सय गाडी अड्किएर रहेको छ’, व्यापारीहरूले भनेका छन् ।
उनीहरूले भने, ‘नेपाली सामानहरू निर्यात हुन सकेको छैन । रसुवा र तातोपानीबाट । बाटो बनाइदिनुपर्छ ।’
‘तातोपानी नाका खुल्दा रोजगारी थियो । झोले, पोके र व्यापारीले रोजगारी पाएका थिए । त्यो पनि बन्द छ’, व्यवासयीहरूले भने, ‘२/४ सयको राजश्व छट थियो । अहिले छुट छैन । चीनले छुट दिएको छैन । तातोपानीमा काम गर्न दिनुपर्छ ।’



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया