गगन मैदानमा आउँदा शाक्यको भाग्य खुल्यो, काठमाडौंमा प्रकाशमानको इज्जत जोगियो
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको नगर सभापतिमा नीलकाजी शाक्यको शानदार जित भएको छ ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा भएको निर्वाचन प्रक्रियामा शाक्यले ७ सय ९६ मत पाएर विजयी भएका हुन् ।
शाक्यका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले जम्मा ३ सय २९ मत पाएका थिए ।
शाक्यसँग सभापतिमा रञ्जित फराकिलो मतअन्तरले पराजित भएका छन् । शाक्यको जितसँगै कांग्रेस नेता प्रकाशमान सिंह समूहले राहतको सास फेरेको छ । शाक्यलाई नेता सिंहले सभापतिमा उम्मेदवार बनाएका थिए ।
नेता सिंहका सभापतिका उम्मेदवार शाक्यलाई जिताउन कांग्रेसका युवा नेता गगनकुमार थापाको ठूलो भूमिका छ । नेता सिंहलाई रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइरालाको पनि समर्थन थियो ।
सिंह र थापाले काठमाडौं जिल्लाभित्रका नगरपालिकाहरूमा गठबन्धन बनाएका थिए । थापाको समर्थनपछि शाक्यले भारी मतले जित्न सकेका हुन् ।
रञ्जितलाई सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समर्थन थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया