एमालेले फेरि देउवासामु औकात देखायो
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सर्वदलीय बैठक बहिस्कार गरेर आफ्नो राजनीतिक हैसियत के हो भनेर सबैलाई देखाएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आह्वान गरिएको बैठक एमालेले बहिस्कार गरेको हो ।
भदौ २३ गतेदेखिमा शुरु भएको संसद अधिवेशनलाई निरन्तर अबरोध गरिरहेको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सभामुखमाथि प्रश्न उठाउँदै आएको छ ।
सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदस्य व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेको आलोचना गरेका छन् ।
‘उहाँहरू सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ’, कार्कीले भने, ‘जुन मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’
संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन सर्वदलीय बैठकले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया