एमालेलाई औकातमा बस्न देउवाको चेतावनी, बालकोटमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख विपक्षी दल एमालेका नेता एवम् अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेका छन् ।

ओलीको भक्तपुरस्थित निवासमा मंगलबार भएको भेटवार्टामा एमालेलाई संसदीय मर्यादामा बस्न कानूनमन्त्री कार्कीले ओलीलाई देउवाको सन्देश सुनाएका छन् । प्रधानमन्त्री देउवाले संसदको अबरोध हटाउन ओलीलाई आग्रह गरेका छन् ।

देउवाले एमालेले विगतमा पनि ५७ दिनसम्म संसद अबरोध गरेर संसदीय व्यवस्थाको खिल्ली उडाएको सन्देश कार्कीमार्फत ओलीलाई दिएको स्रोतले जनाएको छ ।

ओलीले संसद अबरोध गरेर सरकारलाई काम गर्न समस्या बनाएपछि देउवाले आफ्ना विश्वासपात्र मन्त्रीमार्फत एमाले र ओलीलाई प्रतिपक्षको भूमिका र औकातमा बस्न घुमाउरो भाषामा चेतावनी दिएका छन् ।

झण्डै दुईतिहाइको बहुमत पाएपछि ओली प्रधानमन्त्री बनेका थिए । आफ्नै पार्टी र सरकार चलाउन नसक्दा ओलीले साढे दुई वर्षमा सत्ता गुमाउनु परेको छ ।

सत्ता गुमाउनु परेको पीडा पोख्न ओलीले विभिन्न बखेडा झिकेर झण्डै एक महिनादेखि प्रतिनिधि सभा अबरुद्ध बनाएका छन् ।

ओलीले दुई पटक विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको थियो । ओलीलाई आफैले दुई पटक विघटन गरेर पुनःस्थापना भएको संसदमा जान लाज लागेको चर्चा छ ।

ओलीले आफ्ना सांसदलाई उचालेर दैनिक सरह अबरोध गराउँदै आएका छन् । एमालेको यो हर्कतले सरकारले काम गर्न सकेको छैन ।

Published : Tuesday, 2021 September 28, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया