गृहमन्त्रीको जिल्लाको पालिकाहरूमा को–को बने सभापति, तिक्तता भुल्न निर्देशन

भैरहवा । नेपाली कांग्रेसक नेता एवम् गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीका १६ वटा पालिकाका सभापतिहरूसहितको नतिजा सार्वजनिक भएको छ ।

बुटवल उप–महानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । तिलोत्तमा नगरपालिकाको सभापतिमा हरिलाल पाण्डे, सिद्धार्थनगर नगरपालिकाको सभापतिमा कोशिषबहादुर खड्का, सैनामैना नगरपालिकाको सभापतिमा रणबहादुर खनाल निर्वाचित भएका छन् ।

देवदह नगरपालिकाको सभापतिमा गुनाखर भुर्तेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, कञ्चन गाउँपालिकाको सभापतिमा देवीराम रेग्मी र गैडहवा सभापतिमा सत्यनारायण पथिक निर्वाचित भएका छन् ।

कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव, ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी, मायादेवी गाउँपालिकाको सभापतिमा पदम भण्डारी निर्वाचित भएका छन् ।

रोहिणी गाउँपालिकाको सभापतिमा पारसनाथ योगी, सियारी गाउँपालिकाको सभापतिमा गोपाल पाण्डे, शुद्धोधन गाउँपालिकाको सभापतिमा दामोदर पौड्याल र सम्मरीमाई गाउँपालिकाको सभापतिमा रमेश यादव निर्वाचित भएका छन् ।

यसैबीच, गृहमन्त्री एवम् कांग्रेस नेता खाणले निर्वाचित सभापति, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएका छन् । खाणले कांग्रेसको संगठन निर्माण र आगामी निर्वाचनहरूमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन अग्रिम शुभकामना दिएका छन् ।

‘अधिवेशन अगाडिसम्म जे जस्ता तिक्तता भए पनि अधिवेशनपछि त्यसलाई भुलेर कांग्रेसको संगठन बनाउनुपर्छ’, खाणले भने, ‘कांग्रेसको अधिवेशनले कार्यकर्तामा उत्साहत थपिएको छ ।’

Published : Monday, 2021 September 27, 1:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया