कांग्रेसका महामन्त्री खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

महामन्त्री खड्काले आइतबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।

‘असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी शुरु भएको, आज १० गते एन्टिजिन र पीसीआर परिक्षण गराउँदा दुबैमा पोजेटिभ देखिएको छ’, उनले भनेका छन्, ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरीछोड्यो ।’

‘असोज ८ गते ४ बजेसम्म मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध छ’, कांग्रेसका महामन्त्री खड्काले भनेका छन् ।

Published : Sunday, 2021 September 26, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया