‘सीता’मा खेल्न करीनाले मागिन् १२ करोड
मुम्बई । बलिउड अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।
उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् ।
उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो । ‘रामायण’को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।
Published : Thursday, 2021 September 16, 6:27 am
फेसबुकबाट तपाईको प्रतिक्रिया