पौडेल समूहको लफडावाला निर्णय, देउवालाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुराको वडा अधिवेशनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बसेको गुटको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने माग गरे ।
जिल्ला सभापति कर्णबहादुर मल्लले डडेल्धुरामा लफडा गर्दै आएका छन् ।
पौडेल समूहका शीर्ष नेताको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लाहरुमा पनि हुन नपाओस् ।’
नेता पौडेलले भने, ‘निष्पक्ष र पारदर्शी महाधिवेशन हुनेमा शंका पैदा भएको छ। जिल्ला कार्यसमितिको सहमतिबेगर वडा अधिवेशन भएको छ ।’
‘जिल्ला र वडा कार्यसमितिको समर्थन बिना भएको वडा अधिवेशनलाई स्वीकार्न सकिन्न’, पौडेलले भनेका छन् ।
राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रुपमा वडा अधिवेशन गरिएको पौडेल समूहको निष्कर्ष छ ।
‘देशव्यापी रुपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको कृयाशील सदस्य सूची अझै टुङ्गो लगाइएको छैन’, पौडेल समूहले भनेको छ ।
‘विधि–विधान विपरीत अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर विवाद उत्पन्न भएका छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरी र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया