ओलीले सापकोटाको अनुहार नहेर्ने, नबोल्ने ! तनाबमा अग्नि
काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवम् संसदीय दलका नेता खड्गप्रसाद ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।
सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको सूचना जारी गर्नुपर्ने भन्दै सदन अबरोध गरेपछि सापकोटाले समाधान खोज्न सर्वदलीय बैठक बोलाएका थिए ।
सापकोटाले बोलाएको बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठक दिउँसो साढे २ बजे बस्दैछ ।
सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए ।
पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र अध्यक्ष ओलीबीच दुरी बढेको छ ।
सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।
ओलीले आजको सर्वदलीय बैठकमा आफू नगए पनि दलका उप–नेता सुवासचन्द्र नेम्वाङलाई पठाउने तयारी गरेको बुझिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया