गगनलाई जिताउन भूमिका खेलेका कमाण्डरद्वारा काठमाडौंको सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजु श्रेष्ठले काठमाडौंको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको सुन्दरीजलमा बिहीबार आयोजित कार्यक्रममा श्रेष्ठले नेपाली कांग्रेस काठमाडौंको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
श्रेष्ठ नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति पनि हुन् । स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको मेयरमा झिनो मतअन्तरले पराजित भएका थिए ।
श्रेष्ठले आफू एक पटकका लागि काठमाडौं कांग्रेसको सभापतिमा उम्मेदवार बन्न लागेको भन्दै सहयोग गर्न प्रतिनिधिहरूसँग अपील गरेका छन् ।
‘म एक पटकका लागि सभापतिमा उम्मेदवारी दिन्छु । लामो समयदेखि काठमाडौंमा काम गरेको छु’, उनले भने, ‘काठमाडौं– ४ मा मैले गरेको कामका विषयमा कार्यकर्ताहरूलाई थाहा छ ।’
श्रेष्ठको कमाण्डिङमा भएको प्रतिनिधि सभा निर्वाचनमा युवा नेता गगनकुमार थापा निर्वाचित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया