कांग्रेसको प्रतिनिधिसम्बन्धी अनुसूचीमा परिमार्जन
काठमाडौं । नेपाली कांग्रेसले १. महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिबाट वडा कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल रहेको कार्य दलले सो समूहबाट वडा कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधि बनाउन प्रस्ताव गरेको हो ।
‘महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थानुसार माथि उल्लेखित कुनै पनि समूहको पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।
साउन ३० गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयानुसार प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका कार्यसमितिको बैठकमा प्राप्त सुझाव समेतलाई ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सह–महामन्त्री डा.महत र केन्द्रीय सदस्य डा.रिजालले सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा थप लिखित निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया