कांग्रेसको महाधिवेशन रोक्न माग गरेर सर्वोच्चमा रिट, अब के होला ?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेशका सांसद एवम् काठमाडौंका नेता नरोत्तम बैद्यले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

नेता बैद्यले कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बिहीबार रिट निवेदन दिएका हुन् । बैद्यको रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।

कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु हुँदैछ । १४औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन शुरु हुँदैछ ।

उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेसको १४औँ महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताएका छन् ।

पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

Published : Thursday, 2021 September 2, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया