७० करोड कमिशन काण्डमा मन्त्री गुमाएका बास्कोटाले आफ्नै वडा र क्षेत्र बचाउन सकेनन्
काठमाडौं । ७० करोड कमिशनको अडियो बाहिरिएपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्रका प्रदेश सांसद लक्षमण लम्साल र बसुन्धारा हुमागाइँले पार्टी परित्याग गरेका छन् ।
एमालेका नेता बाँस्कोटा काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
काभ्रे–२ (क) बाट निर्वाचित लम्साल र (ख) बाट निर्वाचित हुमागाइँले एमाले पार्टी परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।
बागमती प्रदेशका सांसद लम्सालले पूर्वमन्त्री बाँस्कोटाको वडा मण्डनदेउपुर–४ का वडाध्यक्ष भुवन बजगाइँ समेत नेकपा (एकीकृत समाजवादी)तिर लागेको जानकारी दिएका छन् ।
बाँस्कोटाको मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा पनि नयाँ पार्टीमा लागेका छन् ।
मण्डनदेउपुरको १२ मध्ये आठ वडाध्यक्ष एमालेका छन् । त्यसमध्ये ६ जना एकीकृत समाजवादीतिर उभिने तयारीमा छन् ।
मन्त्री बास्कोटाको कार्यशैलीलाई उनीहरूले आलोचना गर्दै आएका थिए । बास्कोटासँगै एमालेमा नबसेर उनीहरूले एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा बस्ने निर्णय गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया