बागमतीमा कांग्रेसको यसरी फुट्ने भयो भाग्य, बालकोटमा जिल परे ओली
हेटौँडा । एमाले फुटेर धुजाधुजा भएपछि बागमती प्रदेशमा बागमती प्रदेशमा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।
मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि नेपाली कांग्रेसले बागमती प्रदेशले मुख्यमन्त्री शाक्यको राजीनामा मागेको छ । एमालेका १२ जना सांसदहरूले माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्यको कम्युनिस्ट सरकारले बहुमत गुमाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहुमत गुमेपछि नैतिकताको आधारमा शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बहुमत गुमेपछि शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । शाक्यलाई बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । शाक्यको पक्षमा ४४ एमाले सांसद छन् । राप्रपा र विवेकशीलले समर्थन गर्दा पनि शाक्यलाई बहुमत पुग्दैन ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले सरकार बनाउने तयारी गरेका छन् ।
बागमती प्रदेश सरकारमा कांग्रेसले दाबी गरेको छ । कांग्रेसबाट मुख्यमन्त्रीमा दलका नेता बानियाँ प्रस्तावित छन् । एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डेले पनि दाबी गर्दै आएका छन् ।
बागमतीमा माओवादी केन्द्रका २३, कांग्रेसका २१ सांसद छन् । एकीकृत समाजवादीमा १२ जना सांसद आएपछि एमालेकी मुख्यमन्त्री शाक्य चकित परेकी छिन् । बालुवाटारमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि जिल परेका छन् ।
एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाइँ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्णप्रसाद शर्मा छन् ।
१०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ जना सांसद छन् । प्रदेश सभामा बहुमतका लागि ५५ जना सांसदको साथ चाहिन्छ । एमालेमा ४४ जना सांसद मात्रै बाँकी रहेका छन् ।
निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया