रामचन्द्रको गुटभित्र सभापतिमा लफडा, को–को निरास भए ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहमा सभापति पदका आकांक्षी धेरै भएपछि कुनै ठोस निर्णयबिना गुटको बैठक सक्किएको छ ।

काठमाडौंको बोहराटारस्थित नेता पौडेलको निवासमा मंगलबार बसेको गुटको बैठकमा अधिकांश नेताहरूले सभापति पदमा आकांक्षी देखाएका थिए ।

कुनै पनि नेताले अर्को नेतालाई सभापति पद छाड्न तयार नभएपछि नेताहरूको बैठक बुधबार पुनः बस्ने गरि सक्किएको छ ।

बैठकमा पौडेल समूहले सभापतिमा एकल उम्मेदवार बनाएर जाने सहमति गरेको छ । सभापति पदमा एउटा उम्मेदवार बनाउन तयार भए पनि त्यो एउटा उम्मेदवारको नाममा सहमति भएन ।

केन्द्रीय सदस्य बलबहादुर केसीले बुधबार पुनः बस्ने पौडेल समूहको बैठकमा हरसम्भव एकल व्यक्तिको नाममा निर्णय गरिने दाबी गरेका छन् ।

केसीले सभापतिसँगै पदाधिकारीहरूको प्यानल बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

यो समूहमा नेता पौडेलका साथै महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुन नरसिंह केसी र सुजाता कोइरालाला सभापतिका आकांक्षी छन् ।

पौडेल, शशांक, सिंह र शेखर पछि हट्ने पक्षमा हालसम्म देखिएका छैनन् । पौडेलले आफूलाई सभापतिमा सबैले सहयोग गरुन् भन्ने पक्षमा छन् । पौडेलले देउवालाई पराजित गर्न नसक्ने भन्दै शशांकले अभिव्यक्ति दिने गरेका छन् ।

Published : Tuesday, 2021 August 31, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया