मकवानपुर, सुनसरी र बाग्लङका क्रियाशील सदस्यहरूको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले मकवानपुर, सुनसरी र बाग्लुङ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसको १४औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका थप ३ जिल्लाहरूको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको समितिले जनाएको छ ।

तीन जिल्लाहरूमा निर्वाचन अधिकृतलाई समेत खटाइसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् ।

Published : Tuesday, 2021 August 31, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया