पार्टी फुटेको एक हप्ताभित्र ओली चित पर्ने घोषणा, बालकोटसँग बदला लिने

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले अर्को कार्यकाल दोहोर्‍याउने चाहना राखेकै बेला महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी प्रस्तुत गरेका छन् ।

काठमाडौंमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफू एमालेको अध्यक्ष बन्न योग्य रहेको बताएका हुन् । महासचिव पोखरेलको यो अभिव्यक्तिले अध्यक्ष ओलीलाई झस्काइदिएको छ ।

पोखरेलले एमालेको नेतृत्व गर्न आफू योग्य रहेको बताएका छन् । उनले उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उल्लेख गरे ।

आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुन योग्य रहेको महासचिव पोखरेलले बताएका छन् ।

पोखरेलले भनेका छन्, ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन ।

उनले भनेका छन्, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’

उनले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने बताएका छन् ।

एमालेको महाधिवेशन २०७९ साल वैशाख १० गतेभित्र गरिसक्नुपर्नेछ ।

औपचारिक रुपमा एमाले विभाजन भएर माधव नेपालसहितको एउटा समूह नेकपा (एकीकृत समाजवादी) बनाएर बाहिरिएको अर्को हप्ता महासचिव पोखरेलले अध्यक्षमा दाबी प्रस्तत गरेका छन् ।

ओलीले एमालेको भावी नेतृत्वका लागि अध्यक्षमा शंकर पोखरेललाई रुचाएका छन् । ओलीको दोस्रो अध्यक्षको रुचीमा विष्णु पौडेल रहेको एमालेभित्र चर्चा छ ।

ओलीले महासचिव पोखरेललाई पेल्दै आएका छन् । मन्त्रिपरिषदमा पनि ओलीले पोखरेललाई भूमिका बिहीन बनाएर राखेका थिए । केही महिना उप–प्रधानमन्त्री र रक्षा मन्त्री बनेका पोखरेलसँग रक्षामन्त्रालय खोसेर ओलीले आफैसँग राखेका थिए ।

ओलीको पेलानमा परेका पोखरेलले विनाविभागीय मन्त्री मात्रै बनेर झण्डा हल्लाएर सिंहदबार र घरबाट आउनेजाने गरेका थिए ।

Published : Monday, 2021 August 30, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया