कांग्रेसद्वारा थप ५ जिल्लाका क्रियाशील सदस्यहरूको नाम सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका थप ५ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ ।
५ जिल्लाहरूका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरूको नाम सार्वजनिक गर्नुका साथै निर्वाचन अधिकृतहरू खटाइएको छ ।
ती जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवले बताएका छन् ।
Published : Saturday, 2021 August 28, 9:02 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया