स्याङजामा कांग्रेसले दियो कम्युनिस्टहरूलाई ठूलो धक्का, किल्ला भत्किएपछि जिले परे एमालेहरू
फेदीखोला । स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका– ३ पातीहाल्नामा एमालेसहितका विभिन्न दल परित्याग गरेर ६२ जना स्थानीय लोकप्रिय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार पातीहाल्नामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेसहितका दलहरूबाट विद्रोह गरेर सुवास परियार लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको स्याङजा कांग्रेसले जनाएको छ ।
नवप्रवेशीहरूलाई पूर्वसांसद एवम् युवा नेता राजु थापाले स्वागत गरेका थिए । पूर्वसांसद थापाले भने, ‘कांग्रेसले मात्रै मुलुकको विकास गर्छ । जनताको सेवा गर्छ । कांग्रेसले गफ लगाउँदैन । कम्युनिस्ट जस्तो धोकेबाज कांग्रेस छैन ।’
कम्युनिस्टहरूको हर्कतले देशभरिका जनताले दुःख पाएको बताएका युवा नेता थापाले भने, ‘दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टले देश चलाउन सकेनन् । साढे तीन वर्षमै असफल भएर कांग्रेसलाई सरकार चलाइदेउ भनेर विन्तिपत्र हाले ।’
नेता थापाले भने, ‘जनताले कम्युनिस्टलाई भोल दिएर जिताए । जितेर गएका कम्युनिस्टका सांसदहरूले भोट दिएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री जिताएका छन् । अब कम्युनिस्टलाई होइन सिधै कांग्रेसलाई भोट दिनुस् । बिचौलिया कम्युनिस्टलाई भोट नदिनुस् ।’
कांग्रेस प्रवेश गर्नेमा सुवास परियार, अमन बिक, मनोज बिक, विकाश बिक, प्रवेश अधिकारी, सागर पोखरेल, सोनु भुजेल, सागर तिमिल्सिना, नवीन पोखरेललगायत ६२ जना प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेस भाटखोलाका सभापति लालबहादुर अधिकारीको सभापतित्वमा भएको थियो ।
गोविन्द रानाभाट, नारायण पौडेल, भरत लम्साल, रेखा थापा, अजित क्षेत्री, महिन्द्र थापा, प्रकाश तिवारीलगायतका नेताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
नवप्रवेशीहरूले नेपाली कांग्रेसले देश र जनताको पक्षमा काम गरेर सुख–दुःखमा साथ दिने बताए । उनीहरूले कांग्रेसलाई मन, बचनले संरक्षण गर्न लाग्ने प्रतिवद्धता जनाएका छन् ।
भ्रमको खेती गरेर तत्कालीन एमालेबाट प्रतिनिधि सभामा निर्वाचित पदमा अर्याल भूमिसुधार मन्त्री बनेकी थिइन् । स्याङजा जिल्लाको विकास गर्नेभन्दा पनि आफ्नो स्वार्थमा धेरै काम गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले अर्यालको विरोध गर्दै आएका थिए ।
कम्युनिस्टहरू साढे तीन वर्षमा नै असफल भएर पार्टी विभाजन गरेर धुजाधुजा भएका बेला एमालेसहितका दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि स्याङजामा खैलाबैला भएको छ ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया