ललितपुरका सभापति अमात्यले देउवालाई छाडे, निधी समूहमा प्रवेश

काठमाडौं । सभापति शेरबहादुर देउवा निकट मानिएका नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले समूह परिवर्तन गरेका छन् ।

उप–सभापति निधीको सम्पर्क कार्यालय खोल्न शुक्रबार बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा आयोजित कार्यक्रममा सहभागी भएर अमात्य सहभागी भएर गुट परिवर्तनको सन्देश दिएका हुन् ।

पछिल्लो समय सभापति देउवासँग टाढा हुँदै आएका अमात्य उप–सभापति निधीको कार्यक्रममा देखिएपछि देउवा समूहभित्र रहस्याका साथ हेरिएको छ ।

अमात्यले ललितपुर कांग्रेसभित्र सभापति देउवालाई ठूलो असहयोग हुने गरेर गतिविधि गर्दै आएका छन् । त्यसको प्रमाण शुक्रबार निधीको कार्यक्रममा सहभागी भएर अमात्यले दिएका छन् । निधीले सभापति अमात्यलाई कार्यक्रममा भव्य स्वागत गरेका छन् ।

अमात्यसँग ललितपुर कांग्रेसका नेता कार्यकर्ता खुसी छैनन् । कार्यकर्तालाई मुख छाडेर बोल्ने सभापति अमात्यको हर्कतको ललितपुरमा बिरोध हुँदै आएको छ ।

कार्यक्रममा उद्घोषण गरिरहेका रामजी दाहालले ललितपुरका सभापति निधीको कार्यक्रममा सहभागी भएको बताएका थिए । सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए ।

देउवालाई असहयोग गर्न अलग गुट खडा गरेका अर्थात राजनीतिक दुश्मनका रुपमा उभिएका निधीसँग रहेर देउवाविरुद्ध बगावत गरेका छन् ।

Published : Friday, 2021 August 27, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया