पौडेल समूहको बैठकमा आफ्नै सभापतिको आलोचना, देउवाको निर्णयले सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्ने माग गरेको छ ।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको प्रकाशमान सिंहको निवासमा शुक्रबार बिहान बसेको पौडेल समूहको बैठकले सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएको भन्दै सबै जिल्लामा वडा अधिवेशन गर्न माग गरेका हुन् ।

पौडेल समूहका नेताहरूले सभापति देउवालाई भेटेर महाधिवेशन गर्नका लागि दवाव दिने सहमति गरेका छन् ।

सानेपामा रिले अनशनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापति देउवाको ध्यानाकषर्ण गराउने सहमति पौडेल समूहमा भएको छ ।

नेता डा.मीनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेटेर महाधिवशेनका विषयमा कुरा गर्ने बताए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलबारे टुंग्याएका विषय कार्यान्वयनमा आइसकेका छैनन् ।

गुटको बैठकमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, रामशरण महत र अर्जुन नरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायतका नेता सहभागी थिए ।

सभापति देउवालाई पौडेल समूहले १४औँ महाधिवशन गर्न नचाहेको भनेर आरोप लगाउँदै आएका छन् । तर, देउवाले महाधिवेशन गर्न इमान्दारिता देखाउँदै आएका छन् ।

कोरोना महामारीका बेला देउवा एक्लैले महाधिवेशन गर्न सक्दैनन् । कोरोनाका बेला कसरी हुन्छ महाधिवेशन ? देउवाको बद्नाम गरेर पौडेल समूहले पार्टी कब्जाको रणनीति बनाएको बसैले बुझेका छन् ।

सभापति देउवाले वडाहरूको महाधिवेशन गर्न भनेर जिल्लाहरूमा निर्वाचन अधिकृत शुक्रबार तोकेका छन् । देउवाको यो निर्णयले पौडेल समूहलाई तनाब भएको छ ।

देउवाले महाधिवेशन गर्न सक्दैनन् र भागबण्डा गरेर पदहरू बढाएर विशेष महाधिवेशनको पक्षमा लागेको पौडेल समूहलाई निर्वाचन अधिकृतहरू तोकिनेवित्तिकै तनाब भएको छ ।

Published : Friday, 2021 August 27, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया