कम्युनिस्ट साढे ३ वर्षमा असफल भए, कांग्रेस सत्तामा पुग्यौँ भनेर मात्तिनु हुँदैन : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सीमित साधन स्रोतका बाबजुद जनताको काम गर्ने बताएका छन् ।
जेष्ठ कांग्रेस संघले शनिबार काठमाडौंको बुढानिलकण्ठमा आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेसको मात्रै एकलौटी सरकार नभएकाले अन्य दलहरूसँगको सहकार्यमा काम गर्नुपर्ने अवस्था रहेको बताए ।
कम्युनिस्टले जनतालाई भ्रम छरेर दुईतिहाइ बहुमत पाएको स्मरण गरेका डा.महतले भने, ‘कम्युनिस्टले जिते । ठूला कुरा गरे । हुने/नहुने कुरा गरे । जनताले निर्वाचित गरेर पठाए ।’
‘उनीहरूको ध्यान राज्यको साधन स्रोत कसरी कब्जा गर्ने भनेर केन्द्रित गरे । साधन स्रोत जनतालाई भन्दा पनि आफूलाई केन्द्रित गर्नतिर चल्नुभयो । त्यसको अनुभव गरिरहेका छौँ । देखेका छौँ’, डा.महतले भनेका छन् ।
‘धेरै बहुमतबाट बनेको सरकार पूर्ण समय बिताउन नपाउँदै समाप्त भएको छ । राजनीतिज्ञले ठूलो पाठको रुपमा लिनुपर्छ’, उनले भने, ‘राजनीतिमा तल र माथि पुगिन्छ । तल गयौँ भनेर निरास हुने । सत्तामा पुग्यौँ भनेर मात्तिने, अहँकारले ग्रस्त हुने, राज्यको सम्पत्तिलाई मेरो सम्पत्ति हो भनेर दुरुपयोग गर्नु हुँदैन ।’
उनले भनेका छन्, ‘कांग्रेसलाई अवसर र चुनौती आएको छ । कम्युनिस्टहरू सहि गन्तव्यमा हिँडेको भए हामी अझै चुनौतीमा हुने थियौँ ।’
सह–महामन्त्री डा.महतले कम्युनिस्टले नेपालमा कहिल्यै पनि नजित्ने गरि समाप्त गर्नुपर्ने बताएका छन् । विदेशमा कम्युनिस्ट पतन भएर गएको बताएका डा.महतले भने, ‘कम्युनिस्टको प्रचार शैलीले जनतालाई झुठ बोलेर जितेका हुन् । कम्युनिस्टबाट सिक्नु पर्ने राम्रा कुरा केही पनि छैन । कम्युनिस्टको प्रचार शैलीलाई हामीले पनि सिक्नुपर्छ ।’
कम्युनिस्टले सानो कुरालाई पनि प्रचार गरेर के–के नै गरे जसरी प्रचार गर्ने गरेको डा.महतले बताएका छन् ।
कार्यक्रममा जेष्ठ नागरिकहरूलाई डा.महतले सम्मान गरेका छन् ।









बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया