काठमाडौंमा तरुण विभागले विशेष कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागले परिचयात्मक बृहत छलफल तथा गोष्ठि कार्यक्रम गर्ने भएको छ ।

विभागले काठमाडौंमा भदौं ७ गते कार्यक्रम गर्ने सूचनामा उल्लेख छ । कार्यक्रमलाई विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सम्बोधन गर्नेछन् ।

सोमबार बिहान साढे ११ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा विशेष कार्यक्रम हुनेछ ।

कांग्रेसको १४औँ महाधिवेशन गर्ने तयारी भइरहेका बेला विभागले कार्यक्रम राखेको छ ।

कांग्रेसको नेतृत्वमा बनेको सरकारका कामकारबाहीलाई सहयोग गर्नेदेखि सुझावहरू दिने लगायतका कार्य गर्ने विभागको तयारी छ ।

Published : Saturday, 2021 August 21, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया