विभुषण सचिवालय र नातागोतालाई नदिन गृहमन्त्रीको निर्देशन, विगतको परम्परा तोड्ने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सचिवालय, सुरक्षाका लागि खटिने सुरक्षाकर्मी र नातागोतालाई सरकारबाट प्रदान गरिने विभुषण, मानपदवी नदिन निर्देशन दिएका छन् ।

गृहसचिव, मानपदवी सिफारिस समितिका पदाधिकारी, चार वटै सुरक्षा निकायका प्रमुखलहरूलाई सिंहदरबारस्थित मन्त्रालयमा सँगै राखेर गृहमन्त्री खाणले देशका लागि योगदान गरेका व्यक्तिको सहि मूल्यांकन र पहिचान गरेर मानपदवी–विभुषण प्रदानका लागि सिफारिस गर्न निर्देशन दिएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जानकारी दिए ।

‘गृहमन्त्री बालकृष्ण खाणज्यूसँग भेट भएको थियो । गृह मन्त्रीज्यूले आफ्नो सचिवालय, आफन्त, नातागोता, सिफारिस समितिका पदाधिकारीका आफन्तलाई मानपदवी दिन सिफारिस नगर्नु होला भनेर निर्देशन दिनुभएको छ’, खतिवडाले जानकारी दिए ।

गृहमन्त्री खाणले विगतका सरकारले मानपदवी र विभुषण वितरणमा गरेको मनपरी यस पटक नदोहोर्‍याउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले नेपालरत्न जस्तो मानपदवीको असली हकदार जो हो त्यसलाई मात्रै दिन निर्देशन दिएका छन् ।

उनले राष्ट्र गौरव, राष्ट्रदीप, जनसेवाश्री जस्ता मानपदवी पनि पाउनुपर्ने व्यक्तिलाई दिनका लागि सिफारिस गर्न निर्देशन दिएका छन् ।
विगतमा तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो कपाल काट्ने हजामलाई समेत मानपदवी र विभुषण दिएका थिए ।

उप–प्रधानमन्त्री पोखरेलले एमालेका साधारण कार्यकर्तादेखि नातागोतालाई मानपदवी र विभुषणहरू दिएर आलोचना खेपेको थियो । कांग्रेस नेतृत्वको सरकारले देशका लागि योगदान गरेका व्यक्तिहरूको पहिचान गरेर मानपदवी र विभुषण दिन खाणले निर्देशन दिएका छन् ।

सरकारले संविधान दिवसका दिन मुलुकलाई योगदान दिएकाहरूलाई मानपदवी र विभुषणहरू दिने गरेको छ ।

सरकारले विभुषण र मानपदवी पाउनै पर्ने व्यक्तिलाई पहिचान गरेर दिने नीति बनाएको छ । गृहमन्त्री खाणले पनि आफन्तहरूलाई मानपदवी र विभुषणहरू दिन सिफारिस गरेको जानकारी आएमा त्योभन्दा नराम्रो केही नहुने भनेर समितिका पदाधिकारीहरूलाई आफ्नो धारणा सुनाएको युवा नेता खतिवडाले बताए ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि खाणले सुधारका कामहरू गरिरहेका छन् । खाणले राम्रो काम गर्ने निजामती र प्रहरी प्रशासनलाई तेरो र मेरो भनेर भेदभाव गरेका छैनन् । राम्रो काम गर्ने काम गर्नेलाई खाणले उच्च मूल्यांकन गरेर जिम्मेवारी दिने बताउने गरेको उनको सचिवालयले बताउने गरेको छ ।

Published : Friday, 2021 August 20, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया