ओली ‘बा’को महँगो ‘सिंहासन’, एमाले नराम्रोसँग नाङ्गियो

भक्तपुर । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई खुसीपार्न एमालेको भक्तपुर कमिटीले महँगो सोफा (कुर्सी) अर्थात ‘सिंहासन’ राखेपछि सामाजिक सञ्जालमा विरोध र आलोचना भएको छ ।

पार्टी विभाजन भएको दुई दिनपछि भक्तपुरको चुनदेवीमा बिहीबार आयोजित कार्यक्रममा ओलीका लागि ‘सिंहासन’ बनाइएको थियो । ओलीलाई चाकढी गर्न भक्तपुर एमालेले गरेको हर्कतको आलोचना भएको छ ।

ओलीलाई ‘बा’ भन्ने परम्पराको आलोचना हुँदै आएको छ । ओलीको ‘बा’ संस्कृतिलाई अन्त्य गर्न माग गरेर माधवकुमार नेपालले विरोध गरेका थिए ।

कार्यक्रमस्थलमा राष्ट्रिय युवा संघका कार्यकर्ताले ओलीलाई बाइक स्कर्टिङ गर्दै कार्यक्रमस्थलसम्म लगेका थिए ।

सर्वहारावादी जनताको पक्षमा आन्दोलन र अवाज उठाएको बताउँदै आएका एमालेका अध्यक्ष ओली बस्ने महँगो ‘सिंहासन’ मोहलाई लिएर समाजिक सञ्जाल तात्तिएको छ ।

Published : Friday, 2021 August 20, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया