हेटौँडामा कम्युनिस्ट नेता पौडेलले नौटंक देखाए, ओली फ्लप
हेटौँडा । गरिव जनताको लागि राजनीति गरेको बताउने कम्युनिस्टहरू कति ढोँगी हुन्छन् भन्ने अर्को नमूना डोरमणि पौडेल बनेका छन् ।
एमालेका नेता समेत रहेका बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिनेवित्तिकै महँगो गाडीमा रमिता देखाएर मुख्यमन्त्रीको कार्यालय छाडेका छन् ।
सर्वहारा वर्गको राजनीति गरेको बताउने कम्युनिस्ट नेता पौडेलको तामझामले सबैलाई आश्चर्य चकित तुल्याइदिएको छ । पौडेल झण्डै तीन करोड पर्ने महँगो गाडीमा उभिएर हात हल्लाउँदै रमिता र नौटंकी देखाएको आरोप छ ।
एमाले नेता कार्यकर्ताले ‘डीएम बा वी लभ यू’, ‘नेकपा एमाले’ जिन्दावाद लगायतका नारा लगाएका छन् ।
यसअघि, खड्गप्रसाद ओलीको प्रधानमन्त्री पद फुत्किएपछि बालुवाटारबाट बालकोटसम्म आइ लभ यू केपी बा भनेर नारावाजी गरेर तामझामका साथ लगेका थिए ।
एमालेका नेता कार्यकर्ताले निवर्तमान मुख्यमन्त्री पौडेललाई गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया