दल विभाजनसम्बन्धी अध्यादेश जारी, ओलीको पार्टी फुट्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् । सरकारले मंगलबार अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पु¥याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो ।
अध्यादेश जारी भएसँगै एमाले र जसपाको असन्तुष्ट समूहले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्नेछन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीर्लाइ अध्यादेशले सबैभन्दा धेरै तनाव दिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया