नेप्से सोमबार झिनो अङ्कले उकालो लाग्यो

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।

सोमबार नेप्से सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । नेप्से आइतबार दोहोरो अङ्कले ओरालो लागेको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ ।

कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु. १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु. ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उप–समूहमध्ये सोमबार छ उप–समूहको शेयर ओरालो लागेको छ । सात उप–समूहको शेयर उकालो लागेका छन् ।

बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो ।

नेपाल बैंक रु ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल रु. ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर रु. ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी रु. ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

Published : Monday, 2021 August 16, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया