मेगा बैंकका ५ वटा नयाँ शाखा थपिए
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाइघाट, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ४ चन्द्रपुर, चितवन जिल्लाको रत्ननगर नगरपालिका– ६ सौराहा र कास्की जिल्लाको पोखरा महानगरपालिका– ६ गौरीघाटमा शाखाहरू विस्तार गरेको हो ।
यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ ।
अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् । थप ४ वटा शाखाहरू सञ्चालनमा आउने तयारीमा रहेका छन् ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया