महामन्त्री खड्काले ‘दुधको दुध, पानीको पानी’ गरिदिए, कांग्रेसको बद्नाम गर्न खोज्नेहरू नाङ्गिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संविधान विपरितका कार्य गर्न सरकारलाई कार्यदलले सिफारिस नगरेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका खड्काले संविधान विपरित स्थानीय तहलाई प्रदेश सरकारको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनेर गरिएका झुठ्ठा प्रचारहरूको खण्डन गरेका हुन् ।

‘वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनि शुक्रबारदेखि निरन्तर प्रचारित झुटा खबरबाट सिर्जित अन्योललाई प्रष्ट पार्नु हाम्रो कर्तब्य ठानेका छौं’, कार्यदलका संयोजक समते रहेका कांग्रेसका महामन्त्री खड्काले भनेका छन् ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले भने, ‘संविधान विपरितको यस्तो सिफारिस गर्ने त के ? कार्यदलले कल्पना पनि गर्न सक्तैन । सबैमा प्रष्ट होस् ।’

सामाजिक सञ्जाल र केही समाचारहरूमा कार्यदलको सिफारिसमा सरकारले स्थानीय तहलाई प्रदेश मातहत ल्याएको भनेर उल्लेख गरिएका छन् । ती समाचारको कांग्रेसका महामन्त्री खड्काले सिधै अस्वीकार गरेका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि खड्गप्रसाद ओली नेतृत्वको एमालेका नेता कार्यकर्ताहरूले अनर्गल प्रचार गरेर बद्नाम गर्न खोजी रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको बद्नाम गर्न अनेक धन्दाहरू चलाएका छन् ।

झण्डै दुईतिहाइको बहुमत रहेको सरकार चलाउन नसकेका ओलीले दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेका थिए । संसद विघटन गर्ने ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर नङ्ग्याइदिएको थियो । ओली र उनको समूह तनावमा छ ।

Published : Saturday, 2021 August 7, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया