श्रेष्ठ र यादव मन्त्री बन्न झ्यालबाट छिर्ने, देउवा रिसाएर फायर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने बेला विवादमा परेका र संविधानले रोकेका सांसदलाई मन्त्री नबउने रणनीति बनाएका छन् ।
केपी ओलीको सरकार ढलेपछि प्रधानमन्त्री बनेका देउवाले सरकारलाई राम्रो बनाउन खोजेका छन् । देउवाले प्रतिनिधि सभामा पराजित भएका र राष्ट्रिय सभामा झ्यालबाट छिरेका सांसदहरूलाई मन्त्री बनाउने पक्षमा आफू नरहेको सन्देश दिएसकेका छन् ।
तर, माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का राष्ट्रिय सभाका सांसद मृर्गेन्द्रसिंह यादव जसरी पनि मन्त्री बन्न लागेपछि बालुवाटारमा खैलाबैला भएको छ ।
सभापति देउवाले श्रेष्ठ र यादवलाई संविधान विपरित मन्त्री बनाउँदा आलोचना हुनेछ । माओवादी र जसपा पनि विवाद तथा आलोचनामा पर्नेछन् ।
संविधानले अबरोध गर्दागर्दै राष्ट्रिय सभामा झ्यालबाट छिरेको आरोप खेप्दै आएका जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद यादव मन्त्री बन्न अर्को झ्यालको खोजीमा लागेको आरोप छ ।
सप्तरी जिल्लामा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका तेजुलाल चौधरीसँग यादव पराजित भएका थिए । पराजित भए पनि पावर लगाएर यादव जसपाबाट राष्ट्रिय सभामा टिकट लिएर प्रदेश २ बाट निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभामा पराजित भएका यादवले राष्ट्रिय सभाको सांसदको टिकट लिन राजेन्द्र महतोलाई तीन करोड रुपियाँ घुस खुवाएको आरोप लागेको थियो । यादवले राष्ट्रिय सभाको टिकट किनेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् ।
संविधानले प्रतिनिधि सभामा पराजित भएको व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री बन्न बाटो छेकेको छ । तर, जसपाका राष्ट्रिय सभाका सांसद यादव मन्त्री बन्न ज्यान फालेर लागेका छन् । मन्त्री बन्न यादवले सबै तिकडमहरू अपनाएका छन् । यादवलाई मन्त्री बनाउन राजेन्द्र महतोले पनि आफ्नो तहबाट विभिन्न पक्षसँग परामर्श गरेको स्रोतले जनाएको छ ।
उता, माओवादी केन्द्रका नेता श्रेष्ठ पनि राष्ट्रिय सभाको सांसद बन्न संविधान उल्लंघन गरेर झ्यालबाट छिरेका थिए । श्रेष्ठ गोरखा जिल्लामा प्रतिनिधि सभाको निर्वाचनमा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
पराजित भएको व्यक्ति राष्ट्रिय सभामा उम्मेदवार बन्न पाउँदैन । तर, उनी उम्मेदवार बनेर निर्वाचित भइ राष्ट्रिय सभाको सांसद बनेका थिए । श्रेष्ठ पनि मन्त्री बन्न माओवादीभित्र बबण्डर मच्चाइरहेका छन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया