सहमति भएको कुरामा पौडेल–कोइराला समूहले बखेडा झिकेपछि कांग्रेसभित्र तनाब, देउवाले मिलाउने
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुंगो लगाउने शीर्ष नेतृत्वबीच सहमति भएको छ ।
बुढानिकलण्ठमा बुधबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरूको बैठकले क्रियाशील सदस्यताबारे देखिएको विवाद समाधान टुंगो लगाउने सहमति भएको हो ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले शीर्ष नेताहरूका बीच क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको बताएका छन् ।
कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्तालाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल भएको थियो ।
‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल गरिएको छ’, लेखकले भनेका छन् ।
बैठकमा नेताहरूका बीच पार्टीको १४औं महाधिवेशनको कार्यतालिका पनि २ दिनभित्र टुंगो लगाउने विषयमा छलफल भएको छ ।
कांग्रेसको महाधिवेशन भदौं १६–१९ गते काठमाडौंमा गर्ने यसअघि नै टुंगा लागिसकेको छ ।
स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला समूहले अन्य दलहरूबाट कांग्रेसमा आएर समायोजन भइसकेका र सहमति भएका नेता कार्यकर्ताहरूका विषयमा विवाद झिकेर महाधिवेशन विथोल्ने प्रयास गरिरहेको आरोप छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया