ओलीका केन्द्रीय सदस्य न्यौपाने एमालेमा विलय भएपछि इतिहाँस बोकेको चुरेभावर पार्टी खारेज

काठमाडौं । निर्वाचन आयोगले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालसहित ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरिदिएको छ ।

वार्षिक आयव्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ती दलहरू खारेज गरिदिएको हो । तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघीयतालाई लिएर आन्दोलन चर्काएर उत्पात भएका बेला संस्थापक अध्यक्ष केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर पार्टीले सर्लाही जिल्लाको हरिवन केन्द्रित आन्दोलन गरेर ‘एक मधेस, एक प्रदेश’को नारा उठाएका मधेस केन्द्रित दलहरूलाई काउन्टर दिएको थियो ।

पछि व्यक्तिगत स्वार्थले गर्दा चुरेभावर पार्टी विभाजन भएर टुक्राटुक्रा भएको थियो । चुरेभावर पार्टीको आधिकारिकता बद्रीप्रसाद न्यौपानेसँग दुई वर्ष अगाडिसम्म रहेको थियो । न्यौपाने एमालेमा बिलय भएपछि चुरेभावर पार्टीको बिचल्ली भएको थियो ।

दुई वर्षपछि चुरेभावर पार्टीलाई खारेज गरेर आयोगले यो पार्टीको इतिहाँस समाप्त पारिदिएको छ । चुरेभावर पार्टीका कुनै पनि नेता कार्यकर्ता एमालेमा छैनन् । न्यौपाने मात्रै एमालेको केन्द्रीय सदस्य छन् ।

चुरेभावर पार्टी एमालेसँग समायोजन भएको भनिए पनि समायोजन भएकै रहेनछ । खारेज गर्ने आयोगको निर्णयले अध्यक्ष न्यौपाने मात्रै एक्लै एमालेमा प्रवेश गरेको पुष्टि भएको छ ।

दर्ता खारेज हुनेमा अखण्ड नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दू प्रजातान्त्रिक पार्टी लगायत छन् ।

यी दलको नाम, झण्डा, चिह्न दर्ता एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णयसमेत गरेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

४१ दल खारेजीपछि आयोगमा १ सय ३६ दल दर्ता रहेकोमा अब ९५ मात्र कायम रहनेछन् ।

आयोगले दर्ता खारेज राजनीतिक दल केन्द्रीय पदाधिकारी र सदस्यको नामनामेसीसहितको छुट्टाछुट्टै विवरण तयार गरी जरिवाना रकम ५० हजार सरकारी बाँकीसरह असुलउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाएको छ ।

आयोगको पत्रमा जरिवाना असुलउपर नभएसम्मको अवधिका लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ता गर्न र आयोगमा दर्ता कायम दलको पदाधिकारी बन्न नपाउनेसमेत बताएको छ ।

दर्ता खारेज दल

१. राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी

२. राष्ट्रिय जनएकता पार्टी

३. हाम्रो पार्टी

४. नयाँ संघीयता जनधारणा पार्टी

५. मातृभूमि नेपाल पार्टी

६. नेपाल नागरिक पार्टी

७. नागरिक समाजवादी पार्टी

८. देशभक्त पर्यावरणीय सामाजिक (देपसा)

९. नेपाल न्यायिक दल

१०. अखण्ड नेपाल पार्टी

११. युवा शक्ति नेपाल पार्टी

१२. हाम्रो नेपाल पार्टी

१३. राष्ट्रिय चुरेभावर पार्टी

१४. राष्ट्रिय शिवसेना पार्टी

१५. श्रमिक जनता पार्टी–नेपाल

१६. नेपाः राष्ट्रिय पार्टी

१७. नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी

१८. मधेस समता पार्टी नेपाल

१९. नेपाली कांग्रेस राष्ट्रवादी

२०. चुरेभावर राष्ट्रिय पार्टी

२१. हिन्दू प्रजातान्त्रिक पार्टी

२२. राष्ट्रिय पुनर्जागरण पार्टी

२३. युवा नेपाल पार्टी

२४. लिबरल डेमोक्रेटिक पार्टी

२५. नयाँ पिपुल्स पार्टी

२६. नेपाल लोकतान्त्रिक जनता कांग्रेस

२७. नेपाल गणतान्त्रिक एकता पार्टी

२८. तराई पहाड हिमाल समाज पार्टी

२९. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल

३०. राष्ट्रिय जनता दल नेपाल

३१. लोक कल्याणकारी जनता पार्टी नेपाल

३२. बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल

३३. राष्ट्रिय श्रमिक नागरिक पार्टी

३४. मूलबासी मुक्ति पार्टी

३५. देशभक्त लोकतान्त्रिक पार्टी

३६. संघीय लिम्बुवान, नेपाल

३७. नेपाल श्रमिक शक्ति पार्टी

३८. किरात खम्बुवान लोकतान्त्रिक पार्टी

३९. दलित मुस्लिम जनशक्ति पार्टी

४०. जनता पार्टी

४१. आजाद जनता पार्टी

Published : Wednesday, 2021 August 4, 7:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया