ओलीले धेरै ज्यादती गरे एमालेका कम्तिमा तीन सांसद जोखिमसहित कांग्रेसमा प्रवेश गर्न सक्ने
काठमाडौं । एमालेभित्रको विवादले नेपाली कांग्रेसमा विभिन्न खालका दवावहरू पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका केही सांसदहरूले व्यक्तिगत रुपमा मन्त्री माग्न थालेका छन् ।
स्रोतका अनुसार विगतमा ओली निकट मानिएका र पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल समूहतिर लागेका केही सांसदहरूले जोखिम मोलेरै भए पनि मन्त्री बन्न खोजेका छन् । आवश्यक पर्यो भने कांग्रेसमा प्रवेशको तयारीमा ती सांसदहरू छन् । एमालेभित्र बस्न सक्ने अवस्था सिर्जना भएन भने पार्टीनै छाड्ने विषयमा समेत केही सांसदहरूले परामर्श गरेको बुझिएको छ ।
एमालेको सांसद बनेर पार्टीको निर्णयविनै सरकारमा सहभागी भएर मन्त्री बन्ने त्यस्ता सांसदहरूको पद जानेछ । सांसद नरहेको व्यक्ति ६ महिना मन्त्री बन्न सक्छ ।
कांग्रेसका सभापति समेत रहेका प्रधानन्त्री देउवाले एमालेका सांसदहरूलाई व्यक्तिगत रुपमा मन्त्री बनाउन नसकिने जवाफ दिएका छन् ।
स्रोतका अनुसार देउवाले एमालेले संस्थागत रुपमा निर्णय गरेर सरकारमा सहभागी भयो वा वरिष्ठ नेता माधवकुमार नेपाल समूह आउन चाह्यो भने मात्रै मन्त्री बनाउने अन्यथा व्यक्तिगत रुपमा सांसदलाई मन्त्री बनाउन नचाहेको बुझिएको छ ।
मन्त्री बन्न पाएमा सांसद पद समेत लत्याएर कांग्रेसमा प्रवेश गर्नेसम्मको भित्री तयारी गरेको बुझिएको छ । नेपाल समूहले पार्टी फुटाउन नसकेको र ओलीसँग टाँसिएर बस्ने अवस्थामा रहेको भन्दै ती सांसदहरूले बिकल्पका बारेमा निकटका नेताहरूसँग दैनिक सरह परामर्श गरेको बुझिएको छ ।
एमालेका ती सांसदहरूले प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन वा भौतिक मन्त्रालयहरू माग गरेको चर्चा सिंहदरबारतिर छ । एमालेका कुन–कुन सांसदले देउवासँग मन्त्री मागेका हुन् केही भनिएको छैन ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट र नेपाल समूहका सांसदहरूले देउवलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिएकै कारण विद्रोही सांसदहरू ओलीको निशानामा छन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया