सांसदहरूले चत्रक्कै छाडेपछि ओलीको शरणमा पुग्यो ठाकुर समूह, बालकोटमा सन्नाटा
काठमाडौं । एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुच्छर बनेपछि पार्टीनै फुटाएर तनाबमा परेका जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर ठूलो तनामा परेका छन् ।
चार सांसदले कित्ता परिवर्तन गरेपछि ठाकुरलाई तनाब भएको हो । ठाकुर समूहका अध्यक्ष उपेन्द्र यादव समूहतिर लागेका छन् ।
ललितपुरको बालकुमारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकमा ठाकुर समूहका सांसदहरू प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका छन् । उनीहरू शुक्रबार बसेको ठाकुर समूहको बैठकमा गएका थिएनन् ।
प्रतिनिधि सभामा जसपाका ३२ जना सांसद छन् । ठाकुर र यादवको पक्षमा १६–१६ जना सांसद भएका छन् । ठाकुर समूहका अरु पनि सांसद आफ्नो पक्षमा आउने अध्यक्ष यादवले बताएका छन् ।
चार जना सांसदले छाडेर उपेन्द्र यादवलाई साथ दिएकै बेला अध्यक्ष ठाकुरसहितका नेताहरूले एमालेका अध्यक्ष ओलीलाई भेटेर गुनासाहरू गरेका छन् ।
शनिबार भक्तपुरको बालकोटमा बस्दै आएका ओलीलाई भेट्न जसपा अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा पुगेका थिए ।
ठाकुर समूहले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर समूहका नेताहरूलाई उप–प्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए ।
१९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर समूह सरकारबाट बाहिरिएको थियो । जसपा अनौपचारिक रुपमा विभाजित भएको छ ।
औपचारिक रुपमा विभाजन हुन मात्रै बाँकी छ । ठाकुर समूहका सांसद र नेताहरूले धमाधम छाडेर यादवतिर लागेपछि ठाकुरसहितका नेताहरूको ओलीको शरणमा पुगेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया