हिन्दु संस्कार अनुशरण गर्दै देउवा सरकारी निवासमा प्रवेश
काठमाडौं । साइत हेरेर प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।
देउवा शुक्रबार बिहान ९ः५७ को शुभसाइतमा बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् । देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि सरकारी निवास सरेका छन् ।
मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए ।
देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आए पनि साइत हेरेर उनी शुक्रबार बालुवाटार सरेका हुन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी ओलीले बालुवाटार छोडेका थिए ।
Published : Friday, 2021 July 16, 11:10 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया