देउवाले गरेको विश्वासलाई बस्नेतले डगमग हुन दिएनन्, एकहप्ताभित्रै फत्ते गरे काम
काठमाडौं । नेपाली कांग्रेसको ‘बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले बाढीपहिरोपीडित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
समितिको बिहीबार सानेपामा बसेको बैठकले २०७८ वैशाखपछिको बाढीपहिरोबाट पीडित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपियाँ दिने निर्णय गरेको संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका छन् ।
बाढीपहिरोपीडितको उद्धार तथा राहतको सम्बन्धमा सहयोगका लागि समिति बनाइएको थियो ।
समितिमा सह–संयोजक दीव्यमणि राजभण्डारी रहेका छन् । सचिवमा किरण गिरी तथा कोषाध्यक्षमा कल्पना चौधरी रहेकी छिन् ।
समितिको सदस्यमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजिवविक्रम, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव रहेका छन् ।
आमन्त्रित सदस्यहरूमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् ।
केही दिन अगाडि तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीसहितका नेताहरू सरकारी हेलिकप्टर चढेर पीडितका मागलाई ठोस रुपमा कार्यान्वयन गर्न रुचि नदेखाएको आरोप लागेका बेला कांग्रेस नेता बस्नेतले आर्थिक सहयोग घोषणा गरेर वितरण गर्न लागेका छन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास गरेर बस्नेतलाई समितिको संयोजक बनाएका थिए । बस्नेतले पनि देउवा र कांग्रेसको इज्जत राख्न एक हप्ताभित्र बोल्ड निर्णय गरेर आर्थिक सहयोग गर्न लागेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया