ओली जस्तो घमण्डी र अहँकारी छैनन् देउवा, सत्तासाझेदार दलका शीर्ष नेताहरू परामर्श

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलका शीर्ष नेताहरूसँग सरकार गठन भएपछिको अवस्थाका विषयमा छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्रिपरिषद विस्तार र प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

सरकारलाई सुझाव दिनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

विपक्षी गठनको बिहीबारको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित थिए । देउवाले यसअघि बुधबार नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेट गरेका थिए ।

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुईतिहाइ बहुमत हुँदा पनि राजनीतिक परामर्शहरू गरेका थिएनन् ।

अहँकारले गर्दा ओलीको सरकार ढलेको थियो । ओली नराम्रोसँग पच्छारिएका छन् । बालुवाटारबाट अपदस्थ भएपछि बालकोटमा गएर बसेका छन् ।

Published : Thursday, 2021 July 15, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया