प्रधानमन्त्री देउवाले देखाए असल राजनीतिक चरित्र, कांग्रेसको छाती खुसीले चौडा भयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले बुधबार नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा सरकार सम्हालेपछिको राजनीतिक अवस्थाका बारेमा छलफल भएको देउवाको निजी सचिवालयले जनाएको छ ।

भेटवार्तामा देउवा र नेपालबीच के कुराकानी भएको थियो सो विषयमा केही भनिएको छैन । एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले बालुवाटार छाडेर बालकोट पुगेकै दिन देउवा र नेपालबीच भेट भएको छ ।

प्रधानमन्त्री पदको शपथ लिएको दोस्रो दिन देउवाले नेता नेपाललाई भेट गरेर राजनीतिक संस्कार देखाएका छन् ।

एमालेका अध्यक्ष समेत रहेका निवार्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेका थिए ।

विघटनविरुद्ध नेता नेपालले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई आफ्नो पदको परवाह नगरेर साथ दिएका थिए ।

नेता नेपालको सहयोग र गुन भुल्न नसकेका देउवाले आफ्नो राजनीतिक संस्कारअनुसार नेपालको कोटेश्वरस्थित निवासमा पुगेर भेटवार्ता गरेका हुुन् ।

Published : Wednesday, 2021 July 14, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया