कांग्रेस नेतृत्वको सरकारको गतिलो शुरुवात, पहिलो निर्णयबाट जनतामा आशा पलायो
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेपछि सरकारले बिष्फोटक ब्याटिङको शुरुवात गरेको छ ।
असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय भएको छ ।
सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय गरेको कार्कीले बताए ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोरोनाबाट बचाउन कोरोनाविरुद्धको खोप आवश्यक्त रहेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानूनमन्त्री कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया