बालुवाटारलाई ‘ज्वरो’ आउने गरि गोप्य भेटवार्ता
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अचानक भेटवार्ता भएको छ ।
काठमाडौंको कोटेश्वरमा दाहाल र नेपालबीच गोप्य वार्ता भएको हो । वार्तामा के विषयमा कुराकानी भएको थियो दाहाल–नेपाल पक्षले केही भनेको छैन ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता नेपालबीच सहमतिका प्रयासहरू भइरहेका बेला नेपाल–दाहालबीच वार्ता भएको छ । यो वार्तामा भएका कुराकानी बाहिर नआए पनि पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको चर्चा छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठनलाई कमजोर बनाउन ओलीले विभिन्न हत्कण्ड अपनाइरहेका बेला दाहाल–नेपालले सो विषयमा पनि कुराकानी गरेको हुन सक्ने जनाइएको छ ।
दाहाल–नेपालबीच मंगलबार अचानक भेटवार्ता भएपछि बालुवाटारमा बसेका ओलीलाई तनाब भएको छ । दाहाल–नेपालको वार्ताबाट ओली झस्किएका छन् ।
ओलीले नेपाल समूहलाई फकाएर आफ्नो पक्षमा पार्न खोजेका छन् । एमालेको कार्यदलको बहानामा दैनिक सरह वार्ता र सम्वाद हुँदै आएका छन् । तर, सहमति हुन सकेको छैन । ओलीको रणनीतिलाई नेता नेपालले राम्रोसँग बुझेका छन् ।
ओलीको रणनीति विफल बनाउन दाहाल–नेपालबीच गोप्य वार्ता भएको चर्चा छ । विपक्षी गठबन्धन बलियो अवस्थामा बस्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया