कांग्रेसको लामो समयदेखिको विवाद यसरी मिल्ने भयो, सबै नेताहरू खुसी
काठमाडौं । लामो समयदेखि तनावपूर्ण अवस्थामा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद मिल्ने बाटोतिर गएको छ ।
ललितपुरको सानेपामा शुक्रबार बसेको पदाधिकारी तथा शीर्ष नेताहरूको बैठकमा क्रियाशील सदस्यताको नामलाई छानविन गरेर मिलाउने सहमति भएको छ ।
देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटेको छ ।
सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड बनाइएको छ ।
विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरूमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।
प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुन नसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।
महाधिवेशन आउन दुई महिनाभन्दा कम समय बाँकी रहेका बेला कांग्रेसको क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया