नेपाल समूहले कांग्रेसलाई साथ दिएपछि ओलीलाई खपिनसक्ने तनाब, गरे अचम्मको निर्णय
काठमाडौं । सत्तारुढ एमालेले आफ्ना निवर्तमान सांसदहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै हस्ताक्षर फिर्ता लिने निर्देशन दिएको छ ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षतमा बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको असन्तुष्ट समूहका निवर्तमान सांसदहरूलाई सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो’, विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ ।’
‘तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ’, एमालेले नेपाल समूहलाई भनेको छ ।
‘यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ’, एमालेले भनेको छ ।
एमालेका वरिष्ठ नेता नेपाल निकटका सांसदहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा पुगेका छन् ।
उनीहरूले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव समेत गरेका छन् । नेपाल समूहको यो कार्यलाई प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई मन परेको छैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया