शंकर पोखरेल बालुवाटारमा, मन्त्रीले राजीनामा दिएपछि बबण्डर, महन्थ ठाकुरको रुवाबासी

काठमाडौं । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार अबैधानिक भनेर नेपाली कांग्रेससहितका विपक्षी दलहरूले आलोचना गर्दै आइरहेका बेला भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएका छन् ।

राज्यमन्त्री रायमाझीले शुक्रबार लुम्बिनी प्रदेश सरकार, बुटवललाई सम्बोधन गरेर पदबाट राजीनामा दिएका हुनु् ।

राज्यमन्त्री रायमाझीले पदबाट राजीनामा दिएपछि एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ठूलो तनाव भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यावद मुख्यमन्त्री पोखरेलको सरकारमा जानु हुँदैन भन्ने पक्षमा थिए । महन्थ ठाकुर एमालेको पुच्छर बनेर सरकारमा जानुपर्छ भन्ने पक्षमा थिए ।

दुबै पार्टी औपचारिक रुपमा विभाजनको संघारमा पुगेका बेला पुगेको बेला महन्थ ठाकुरको लहैलहमा लागेर राज्यमन्त्री बनेका रायमाझीले पदबाट राजीनामा दिएर सबैलाई चक्मा दिएका छन् ।

मुख्यमन्त्री पोखरेल पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन काठमाडौंमा छन् । एमालेभित्र विवाद छ । विवाद मिलाउने प्रयास स्वरुप पोखरेल काठमाडौंमा आएका बेला बुटवलमा मन्त्रीले राजीनामा दिएर चक्मा दिएका छन् ।

Published : Friday, 2021 July 2, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया